अध्यादेशमा माओवादीको साथ खोज्दै एमाले

  • नेपाल राष्ट्रिय दैनिक
  • February 9, 2025
barshaman pun

गुल्मी- सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले संसदमा अध्यादेश पारित गर्न प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको साथ् खोजेको छ।एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई फोन गरेर अध्यादेशमा सहयोग माग्न आग्रह गरेका छन्।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमाले महासचिव शंकर पोखरेलले अध्यादेशमा सहयोग माग्न फोन गरेको बताएका छन् । माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अधिवेशनलाई सम्बोधन गर्ने क्रममा पोखरेलले फोन गरेको पुनले बताए तर कुराकानीका क्रममा उनले अध्यादेशमा सरकारलाई सहयोग गर्न नसक्ने स्पष्ट पारे। उपमहासचिव पुनले अध्यादेश खारेज हुनेमा एमाले चिन्तित रहेको टिप्पणी गर्दै अध्यादेश मार्फत शासन गर्न अहंकारी भएर आफूलाई बाइपास गरेको एमाले समस्यामा परेपछि सहयोग माग्न थालेको पुनले बताएका छन् । देशको समस्या समाधान गर्ने असल नियत भए अध्यादेश फिर्ता लिनुपर्ने र विधेयक प्रक्रियागत रूपमा ल्याउनुपर्ने उनले आग्रह गरे।

अध्यादेशहरू बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा निर्णयार्थ पेश गर्नुपर्ने थियो। तर, प्रतिनिधि सभामा बहुमत भए पनि, राष्ट्रिय सभामा अल्पमतमा परेकाले सरकारले अन्तिम समयमा सभामुखलाई कार्यसूचीबाट हटाउन अनुरोध गरेको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५