कक्षा १२ को पूरक परीक्षा असोज ६ र ७ गते

  • नेपाल राष्ट्रिय दैनिक
  • August 16, 2023
parikshya niyantran

काठमाडौँ- कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा) असोज ६ र ७ गते हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारि गर्दै भदौ ३१ गतेसम्म पूरक परीक्षाका लागि आवेदन फाराम भरिसक्न विद्यार्थीलाई आग्रह गरेको छ।

बोर्डले जारी गरेको सूचनाअनुसार असोज ६ गते अनिवार्य अंग्रेजी र जुनसुकै एउटा विषयको परीक्षा दिने सबै परीक्षार्थीले परीक्षा दिन पाउनेछन् भने, दोस्रो दिन असोज ७ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीले बाँकी विषयको परीक्षा दिन पाउनेछन्।

ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ २२ भित्र बोर्डको खातामा ६ सय रुपैयाँ परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ र सो अवधिभित्र रकम बुझाउन छुटेकाले भदौ ३१ गते भित्र दोब्बर दस्तुर १ हजार २ सय रुपैयाँ जम्मा गरेको भौचरसहित आवेदन फाराम बुझाइसक्नुपर्नेछ।

बोर्डका अनुसार परीक्षा केन्द्र पछि तोकिनेछ भने परीक्षा तोकिएको मितिमा आकस्मिक बिदा पर्न गएमा पनि परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा रोकिने छैन।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५