सामुहीक रुपमा राष्ट्रिय दलका सचेतकहरूसँग छलफल गर्दै सभामुख

  • नेपाल राष्ट्रिय दैनिक
  • January 27, 2025
sabhamukh devraj ghimire mukhya sachetak meeting

काठमाडौं – सभामुख देवराज घिमिरेले राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतक सचेतकहरूसँग छलफल गर्दै छन् ।यसअघि आइतबार सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

सभामुखको सचिवालयका अनुसार बिहान ११ बजेका लागि छलफल तय गरिएको छ । छलफलमा प्रमुख पाँच दलका प्रमुख सचेतक र प्रमुख सचेतकलाई बोलाइएको छ । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् ।

आज सामूहिक छलफल गरेपछि भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार बिहान ११ बजेका लागि तय भएको छ । कार्यव्यवस्थाको बैठकले हिउँदे अधिवेशनको पहिलो बैठकको कार्यसूची तय गर्ने छ ।

संसदको हिउँदे अधिवेशनको तयारी अन्तर्गत सभामुख घिमिरेले छलफल राखेका हुन् । हिउँदे अधिवेशन यही माघ १८ गतेबाट सुरु हुँदैछ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५