अष्ट्रेलियाको भिक्टोरिया राज्यमा स्वस्तिक चिन्हको प्रदर्शन प्रतिबन्ध

  • नेपाल राष्ट्रिय दैनिक
  • June 22, 2022
australia swastik

भिक्टोरिया राज्यले जारि गरेको नयाँ ऐन अन्तर्गत कसैले स्वस्तिक चिन्हको प्रदर्शन गरेको पाइएमा सो व्यक्तिलाई एक वर्ष जेल वा अस्ट्रेलियन डलर २२ हजार जरिवाना हुनेछ।

नाजी प्रतीकले इतिहासको सबैभन्दा घृणित विचारधाराको महिमा दर्शाउने र विरोध प्रदर्शनको क्रममा यसको सार्वजनिक प्रदर्शनले थप पीडा र विभाजन सिर्जना गर्ने भन्दै स्वस्तिक चिन्ह प्रदर्शनमा प्रतिबन्ध लगाएको भिक्टोरियन महान्यायाधिवक्ता ज्याक्लिन साइम्सले बताएका छन्। तर,हिन्दू, बौद्ध र जैन धर्महरुमा यो एक आस्थाको प्रतिक भएकोले ऐतिहासिक, शैक्षिक र कलात्मकताको सन्दर्भमा स्वस्तिक चिन्हको प्रतीक देखाउन छुट भएको पनि उनले बताएका छन्।

2020 मा, अष्ट्रेलियाको गुप्तचर प्रमुखले पनि नव-नाजीहरूबाट देशको सुरक्षामा वास्तविक खतरा भएको चेतावनी समेत दिएका थिए ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५