अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियामा चीनको सैन्य अभ्यासबारे श्रीलंकास्थित भारतीय उच्चायोगले भारत सरकारको अघिल्लो धारणामा परिवर्तन भएको बताएपछि ,चीनले ताइवान स्ट्रेटको तनावपूर्ण अवस्थाको सामना गरिरहेको बेला ताइवान प्रश्नमा हस्तक्षेप गरेर चीनलाई सीमा समस्यामा सम्झौता गर्न दबाब दिन सक्छ भन्ने सोच्नु गलत र भ्रम मात्र रहेको भन्दै चेतावनी दिएको छ।
अगस्ट २६ मा श्रीलंकाका लागि चिनियाँ राजदूत क्यू झेनहोङले एक लेख प्रकाशित गरी श्रीलंका सरकारले अन्ततः चिनियाँ वैज्ञानिक अनुसन्धान जहाज “युआन वाङ ५” लाई हम्बनटोटा बन्दरगाहमा डक गर्न अनुमति दिएको देख्दा राम्रो लागेको र श्रीलंकाको इतिहासको समीक्षा गर्दा राजदूत क्यूईले देशले “उत्तरी छिमेकीबाट १७ पटकको आक्रमण, ४५० वर्षदेखि पश्चिमको उपनिवेश र झण्डै तीन दशकसम्म चलेको आतंकवाद विरोधी युद्ध” लाई जितेको उल्लेख गरेका थिए ।
चिनियाँ राजदूत क्यू जेनहोङको लेखको बारेमा सोधिएको प्रश्नको जवाफमा श्रीलंकाको भारतीय उच्चायोगले ,चिनियाँ राजदूतको लेखलाई आधारभूत कूटनीतिक शिष्टाचारको उल्लङ्घन भनेर आलोचनात्मक ट्वीटहरू गरेका थिए।
भारतीय पक्षको इन्कारको बाबजुद, “युआन वाङ ५ ” को डकिङमा श्रीलंका सरकारमाथि भारतको निरन्तर दबाब विश्वका लागि स्पष्ट रहेको र यदि भारतले ताइवान प्रश्नमा हस्तक्षेप गर्न यो मुद्दा प्रयोग गर्न खोज्यो भने, यसले द्विपक्षीय सम्बन्धलाई बिगार्ने चीनले बताएको छ।
ताइवान प्रश्नको उल्लेख गरेर, भारतका केही राजनीतिज्ञहरू एसिया-प्रशान्त क्षेत्रमा अमेरिकाको चीन विरोधी रणनीतिसँग एक हुन चाहने र कतिपयले चीन दक्षिणपूर्वको खतरा र अमेरिकासँगको सम्बन्धमा व्यस्त हुँदा आफ्नो सीमा विवादको वार्तामा सम्झौता गर्न सक्छ भन्ने भ्रम राख्ने भारतले थाहा पाउनुपर्छ कि चीनले आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय स्वार्थसँग सम्बन्धित विषयहरूमा कुनै पनि सम्झौता गर्नेछैन।
केही विश्लेषकहरूले पेलोसीको भ्रमणलाई खासगरी दक्षिण एसियामा चीन खतरा रहेको भन्दै चीनलाई एक्लो पार्ने र चीनसँगको सम्बन्धमा विशेषगरी सीमा समस्यामा थप फाइदा उठाउने अवसरका रूपमा लिन खोजेको बताएका छन्।
चीनको युआन वाङ ५ को श्रीलंका भ्रमणलाई “सुरक्षा चिन्ता” को विषय भनेर प्रचार गर्नुको अलावा, भारतले दक्षिण एसियाका देशहरूसँग चीनको सम्बन्धलाई पनि बिगार्न खोजेको बताएका छन्।
यसै सन्दर्भमा,अगस्टको मध्यमा नेपालका परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमण आउनु अघि काठमाडौंस्थित युरोपेली सङ्घका राजदूतहरूले परराष्ट्रमन्त्रीसँग भेटघाट गर्न आग्रह गरेको र परराष्ट्र मन्त्रीको चीन भ्रमणप्रति असन्तुष्टि जनाएको बताएका छन् ।
त्यसैगरी अगस्त १० मा भारतीय र पश्चिमी मिडियाले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत थप ऋण लिने बारे बंगलादेशका अर्थमन्त्री मुस्तफा कमलको चेतावनीलाई पनि प्रचारबाजी गरेको बताएका छन्।
युरोपेलीहरूको समर्थन रहेको भारत ताइवान प्रश्नमा सक्रिय भएको र अमेरिकाको चीन विरोधी नीतिको फाइदा उठाउन खोजेको विश्लेषकहरुले बताएका छन्।
भारतले दक्षिण एसियालाई आफ्नो प्रभावको क्षेत्र मान्दै आएको र अन्य क्षेत्रीय देशहरूले चीनसँग राम्रो सम्बन्ध विकास गरेको हेर्न नचाहेकोले भारतले दक्षिण एसियामा चीन खतरा रहेको भन्दै प्रचारबाजी गरिरहेको छ। साथै यी देशहरूको घरेलु मामिलामा भारतले हस्तक्षेप गरिरहेको पनि बेइजिङ फरेन एकेडेमी अफ रिजनल एण्ड ग्लोबल गभर्नेन्सका वरिष्ठ रिसर्च फेलो र चेङ्दु इन्स्टिच्युट अफ वर्ल्ड अफेयर्सका अध्यक्ष लङ सिङ्चुनले बताएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्