किन प्रमाणीकरण भएन नागरिकता विधेयक ?

  • नेपाल राष्ट्रिय दैनिक
  • September 21, 2022
bidhya devi bhandari

संसदले दोस्रो पटक प्रमाणीकरणको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएको नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण हुन सकेन।

संसदबाट पारित भएपछी सभामुखमार्फत राष्ट्रपति समक्ष पेश गरिएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने समय, मंगलबार राती १२ बजे १५ दिन नाघेको छ ।पुन:प्रमाणीकरणका लागि आउने विधेयक १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

पहिलोपटक प्रमाणीकरणको लागि पठाइएको नागरिकता बिधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसदमा फिर्ता गर्नुभएको थियो। फिर्ता गरिएको नागरिकता विधेयक, विना कुनै संशोधन, हुबहु पारित गरी पुन:प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको १५ दिन नाघेको अवस्थामा पनि प्रमाणीकरण हुन सकेन ।

राष्ट्रपति निकट स्रोतका अनुसार , ‘संविधान बमोजिम राष्ट्रपति संविधानको पालनकर्ता र संरक्षक भएकोले राष्ट्रपति संविधानको कमा र फुलस्टपमा पनि जिम्मेवार हुनुपर्छ। राष्ट्रपतिले संसद्लाई पुनर्विचार गर्न फिर्ता पठाउनुभएको विधेयक, गठबन्धनका शीर्ष नेतालाई बालुवाटारमा बसेर निर्णय गर्ने अधिकार संविधानले नदिएको र विधेयकका प्रावधानहरू संविधानविपरीत भएका धारा नै उल्लेख गरेर सच्याउन सुझाव दिँदा पनि पुनर्विचार नगरिएकाले राष्ट्रपतिले विधेयकका सन्दर्भमा संविधानको संरक्षण गर्ने अधिकार प्रयोग गरेर प्रमाणीकरण नगर्नुभएको हुनसक्ने बताएका छन्।

https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ae/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५