फागुन १३ गतेदेखि दादुरा-रुबेला विरुद्धको खोप अभियान देशभर सञ्चालन गरिने

  • नेपाल राष्ट्रिय दैनिक
  • १२ माघ २०८०, शुक्रबार १२:२९
Tiphoid vaccine 648x320 1

काठमाडौं : सरकारले दादुरा–रुबेला विरुद्धको खोप अभियान फागुन १३ देखि चैत ७ गतेसम्म देशभर सञ्चालन गर्ने भएको छ । दादुरा–रुबेला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका करिब ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई दादुरा–रुबेला खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका सबै र भारतसँग सीमा जोडिएका दादुराबाट अत्यधिक सङ्क्रमित २१ जिल्लाका सबै बालबालिकालाई खोप दिइनेछ ।

‘बाँकी ५१ जिल्लाका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइनेछ’, प्रमुख डा गौतमले भने । परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला उन्मूलन गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागेको बताउनुभयो । दादुरा–रुबेला सबैभन्दा बढी फैलने सरुवा रोग हो । एक जनाले १८ जनामा यो रोग फैलाउन सक्छ। ‘दादुरा–रुबेला बढी संक्रामक छ’, खोप शाखाका प्रमुख डा गौतमले भने, ‘त्यसैले गर्दा यो वर्ष देशभर खोप अभियान सुरु गरेका छौँ ।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५