भिजिट भिसामा विदेश जान खोज्ने ४५ जना विमानस्थलबाट फर्काइए

  • नेपाल राष्ट्रिय दैनिक
  • June 15, 2023
TIA airport scaled

भिजिट भिसामा विदेश जान लागेका ४५ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । भिजिट भिसामा विदेश जान लागेका ३० जना महिला र १५ जना पुरुषलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले विमानस्थलबाट फर्काएको हो ।

फर्काइएकाहरु धेरैजसो संयुक्त अरब इमिरेट्स, कुवेत र ओमान जान लागेका थिए । फर्काइएकाहरुलाई कुन ठाउँमा जाने, कहाँ बस्ने जस्ता सामान्य विषयमा पनि जानकारी नभएको र भिजिट भिसामा मानव तस्करी गर्ने समूहले त्यसरी खाडीमा पठाउन खोजेको आशंकामा प्रहरीले उनीहरुलाई फ़र्काएको हो ।

जेठ महिनामा मात्र ब्युरोले भिजिट भिसामा जान लागेका नौ सय ४० जनालाई विमानस्थलबाट फर्काइसकेको छ । जसमा पाँच सय ४८ जना महिला रहेका छन् ।

भिजिट भिसामा हुने मानव बेचबिखन रोक्नकै लागि शंकास्पदहरूलाई रोक्दै आएको ब्युरोले जनाएको छ ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५