प्रहरीको एक टोलीले आज तिलोत्तमा नगरपालिका जानकीनगरमा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारी ७ जना सञ्चालक सहित १५० भन्दा बढी युवायुवतीलाई नियन्त्रणमा लिएको छ।
ह्वाट्स्याप र फेसबुकमा चिट्ठा पर्यो भन्दै म्यासेज पठाउने र अनलाइन ठगि धन्दामा सक्रिय रहेको भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ। ३ वटा फ्ल्याट भाडामा लिई करिब ३०० भन्दा बढी कम्प्युटर राखेर विभिन्न प्रलोभन र जालमा पारि ठगि गर्ने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो।
विदेशी नागरिकको समेत लगानी रहेको सो कल सेन्टरबाट नेपाल र भारतमा रहेका सर्वसाधारण नागरिकलाई विभिन्न प्रलोभन र त्राशको मेसेज पठाएर ठगि गर्ने गरेको प्रहरीको प्राम्भिक अनुसन्धानले बताएको छ। पक्राउ परेका युवायुवतीहरुले आफुहरु रोजगारदाता सँस्थामार्फत काममा आएको बताएका छन् भने घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्