बागमती प्रदेशसभा बैठक आज बस्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • March 22, 2022
QGdpVcdDstKPIJxHf0lt 696x422 1

बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । लामो समयदेखि एमालेको अवरोधका कारण बस्न नसकेको प्रदेशसभा बैठक गत फागुन २९ र ३० गते बसेको थियो ।

फागुन २९ गतेको बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एमालेले उठाएका विषयमा जवाफ दिएपछि सदन चलेको थियो ।

गत पुस ८ गतेदेखि एमालेले अवरोध गर्दै आएको सदन फागुन २९ मा खुलेको थियो । एमालेले वर्तमान सरकारले मन्त्रालय विभाजन गरेर ठूलो मन्त्रिमण्डल बनाएको, अघिल्ला सरकारका गौरवका योजनाहरू कटौती गरेको, योजना विहीन रूपमा रकमान्तर गरेको, मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेकपा एकीकृत समाजवादी पार्टीको कमिटी नबनेको स्थानमा बजेट दिन्न भन्ने अभिव्यक्ति प्रति एमालेले आपत्ति जनाउँदै सरकारको जवाफ माग सदन अवरुद्ध पार्दै आएको थियो ।

विगतका सरकारले ल्याएका योजनाहरू यथावत् रूपमा सञ्चालन गर्नुपर्ने र आफ्ना मागका सम्बन्धमा सरकारको उचित जवाफ नआएसम्म एमाले सदन चल्न नदिने बताउँदै सदन अवरोध गर्दै आएको थियो ।

उक्त विषयमा मुख्यमन्त्री पाण्डेले जवाफ दिँदै प्रमुख प्रतिपक्ष दल एमाले र अन्य दलहरूसँग सहकार्य गरेर जाने अभिव्यक्ति दिएपछि सदनमा अवरोध गरेको थियो ।

करिब ३ महिनासम्म एमालेको अवरोध खेपेको प्रदेशसभा बैठकको गत २९ र ३० मा गरी २ दिन चलेको सदनमा २ वटा ऐन संशोधनका विधेयक, एक नयाँ विधेयक पेस भएको थियो भने २ वटा विधेयक पारित भएको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५