आजदेखि मतदाता नामावली अद्यावधिक गरिने

  • नेपाल राष्ट्रिय दैनिक
  • १२ भाद्र २०७९, आईतवार ०५:००
Nirwachan 1

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि मतदाता नामावली अद्यावधिक गरिने निर्वाचन आयोगले जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै, आज सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।
आयोगले,नामावलीमा रहेका त्रुटि सच्याउन, नामावलीमा प्रकाशित व्यक्तिको विवरणको विरोधमा उजुरी दिन साथै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्नको लागि भदौ १३ देखि १५ गतेसम्मको समय तोकेको छ। आयोगले तोकेको समयावधि भित्र सम्बन्धित निर्वाचन कार्यालयमा गएर निवेदन दिन सकिने पनि आयोगले बताएको छ।

त्यसैगरी, भाद्र १३ देखि १६ गतेभित्र, मृत्यु भएका एवं नागरिकता त्यागेका मतदाताको हकमा, मतदाता नामावलीबाट नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने पनि आयोगले जनाएको छ।

matadata naamawali
Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५