संसद सुचारु गर्न एमालेको सर्त

  • नेपाल राष्ट्रिय दैनिक
  • July 9, 2023
oli deuba prachanda

असार २४,काठमाडौँ- संसद सचिवालयले सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको जानकारी गराएको छ। संसद सुचारु गर्न समझदारी गरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले थप सर्तहरु अघि सारेपछि संसद बैठक अनिश्चित बनेको छ।

सिंहदरबारमा ओली, देउवा र प्रचण्डबीच भएको छलफलमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउने प्रतिबद्धता जनाएपछी, प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेको नेकपा एमाले प्रधानमन्त्रीको राजिनामाबाट पछि हटेर संसदको अवरोध हटाउन तयार भएको जनाएको थियो।

तर, छलफल सकिएको केहि समयपछि एमालेले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति र प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको प्रेस विज्ञप्ती समेत फिर्ता लिनुपर्ने नयाँ सर्त अघि सारेपछि संसद सुचारु गर्ने सहमतिमा सारिएको १ बजेको बैठक भोलिसम्मको लागि सरेको छ।

https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b5%e0%a4%b0%e0%a5%8b%e0%a4%a7-%e0%a4%b9%e0%a4%9f%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५