एन्फा कार्यसमिति बैठक बोलाउन सदस्यहरूको माग

  • नेपाल राष्ट्रिय दैनिक
  • January 27, 2025
anfa

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बोलाउनका लागि एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्‌का तथा दुई उपाध्यक्ष दिर्घ बहादुर केसी र विराटजंग शाहीसहित चार सदस्यहरूले माग गरेका छन् ।

एन्फा विधानको धारा ३९ को व्यवस्थाअनुसार प्रत्येक वर्षमा ४ पटक अनिवार्य रुपमा कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान हुँदाहुदै लामो समयदेखि बैठक बस्न नसकी कार्य सञ्चालनमा मनोमानी र विधान विपरितका क्रियाकलाप भइरहेको भन्दै उनीहरूले बैठक बोलाउनुपर्ने मागसहित पत्र बुझाएका छन् ।

उनीहरूले पत्रमा आफ्नो वैधानिक अधिकार प्रयोग गरेर विभिन्न आठ बुँदामा छलफल र निर्णय गर्नका लागि बैठक बोलाइदिन अनुरोध गरेका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५