श्रम स्वीकृति लिएका श्रमिकलाई विदेश जान रोक लगाएपछि म्यानपावर व्यावसायी आन्दोलनमा

  • नेपाल राष्ट्रिय दैनिक
  • July 16, 2023
manpower nepal protest

कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलको अध्यागमन कार्यालयले फर्काइदिएपछि वैदेशिक रोजगार /म्यानपावर व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्।

विमानस्थलको अध्यागमन विभागले बुधबार र बिहिबार कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट फर्काइदिएको थियो।

आन्दोलित म्यानपावर व्यवसायीहरुले श्रमिकलाई फर्काउने काम बन्द गर, अध्यागमन विभागका महानिर्देशक राजीनामा देऊ, अध्यागमनको ज्यादती बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएर कालिकास्थानस्थित अध्यागमन विभाग घेरेका छन्।उनीहरुले फ़र्काइएका श्रमिकलाई क्षतिपुर्ति दिनुपर्ने माग समेत गरेका छन्।

यता,अध्यागमन विभागले भने श्रमिकहरुले पेश गरेको कागजपत्र शङ्कास्पद देखिएको र उनीहरुलाई घरेलु श्रमिकका रुपमा लैजान लागेको कारण फिर्ता पठाइएको जनाएको छ।

विभागले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिइसकेका श्रमिकहरुलाई फिर्ता पठाएको हो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५