साफ यु-२० च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा नेपाल विजयी

  • नेपाल राष्ट्रिय दैनिक
  • July 25, 2022
saff under 20 nepali team

साफ यु-२० च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालले सानदार जित हाँसिल गरेको छ।

भारतको भुवनेश्वरस्थित कालिन्दा रंगशालामा भएको खेलमा नेपालको तर्फबाट दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले १-१ गोल गरेका हुन् ।
खेलको पहिलो हाफमा १ गोल मात्र गरेको नेपालले खेलको दोस्रो हाफमा भने ३ गोल गरेको थियो।
प्रतियोगिताको दोस्रो खेल नेपालले बुधबार श्रीलंकासँग खेल्नेछ भने तेस्रो खेल भारतसँग ३१ जुलाईमा खेल्ने छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५