बामदेव गौतमले गठन गरे नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान

  • नेपाल राष्ट्रिय दैनिक
  • June 28, 2022
Bamdev Gautam

नेकपाको फुटपछि ओली र नेपाल कतै पट्टि पनि सक्रिय भूमिकामा नलागी न्युट्रल रुपमा बसेका बामदेव गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि नेपाल कमुनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन्।

विघटन भएको नेकपा/नेपाल कम्युनिष्ट पार्टीलाई पुनर्गठन गर्ने र तत्काल एकताको अवस्था सिर्जना हुन नसके आगामी संघिय र प्रदेश निर्वाचनमा कार्यगत एकता गरेर अगाडि बढ्ने वातावरण सिर्जना गर्ने उद्धेश्यको साथ स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानमा ७५ सदस्यीय केन्द्रिय कमिटि रहनेछ।


दैनिक कार्य संचालनको लागि १५ सदस्य नबढ्ने गरि स्थायी कमिटि रहनेछ भने बहुपदिय प्रणालीको अवधारणालाई अङ्गीकार गरेको सो पार्टीमा एक अध्यक्ष र हरेक प्रदेशमा इन्चार्जको जिम्मेवारीको लागि ७ उपाध्यक्ष, महासचिव १ , उप-महासचिव १ ,सचिव १ र कोषाध्यक्ष १ जना रहनेछन।बामदेव गौतम आफै संयोजक रहनुभएको केन्द्रिय सचिवालयमा ८ जना सदस्यहरु रहेका छन्।

bamdev gautam party YQMfIwhq7v
bamdev gautam party 1 oXDpGpx3u3
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५