वी.पी स्मृति भवनमा काँग्रेस नेताहरुको धर्ना

  • नेपाल राष्ट्रिय दैनिक
  • September 28, 2022
congress dharna at sanepa

गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने:देशैभर स्वतन्त्र उम्मेद्वारी दिने चेतावनी

काँग्रेसमा समान हक र न्यायका लागि भन्दै आन्दोलित कोइराला पक्षका काँग्रेस नेताहरुले आज पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन्।

काँग्रेस नेताहरुले ४० प्रतिशत सिट पाउनुपर्ने भन्दै, समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची सच्याउन माग गरेका छन्। सभापति देउवाले निकटका मान्छेहरुलाई मात्र टिकट दिएको तर आफ्नो पक्षमा रहेकाहरुलाई भने पाखा लगाउन खोजेको भन्दै,काँग्रेस नेता शेखर कोइरालाले टिकट वितरण न्यायोचित नभएमा पार्टीभित्रै विद्रोह गर्ने र देशभर स्वतन्त्र रुपमा उम्मेदवार खडा गर्ने बताएका छन्।

गठबन्धनको नाममा पार्टीलाई कम्जोर बनाएर मनोमानी ढङ्गले अगाडि बढ्न खोजे चुनाब बहिष्कार गर्ने र गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने कोइराला निकट काँग्रेस नेताहरुले बताएका छन्। असन्तुष्ट काँग्रेस नेताहरुले,बालुवाटारमा भागवण्डाको हिसाब मिलाएर मात्र चुनाव जित्न नसकिने भन्दै,प्रत्यक्षको सिट बाँडफाँट र टिकट वितरण न्यायोचित नभए गठबन्धनले चुनाब हार्ने चेतावनी समेत दिएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५