स्टेट पार्टनरसिप प्रोग्राम सम्बन्धी कुनै सम्झौता गरेको छैनौँ :नेपाली सेना

  • नेपाल राष्ट्रिय दैनिक
  • June 15, 2022
army office bhadrakali

नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै सम्झौता नगरेको जानकारी गराएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति सार्वजनिक गर्दै एसपीपीबारे सञ्चार माध्यममा आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । विज्ञप्तिमा नेपालि सेनाले एसपीपी सम्बन्धि कुनै पनि सम्झौता वा समझदारी अमेरिकी सेना वा अमेरिकी सरकार कसैसंग पनि नगरेको र आगामी दिनमा पनि त्यस्तो सम्झौता गर्ने तर्फ कुनै प्रक्रिया समेत नभएको उल्लेख गरिएको छ।

साथै ,नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक समझदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुनेमा सेना सदैव प्रष्ट र सचेत रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

यता अमेरिकी दुतावासले भने सन् २०१५ र सन् २०१७ मा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रिले एसपीपी मा सहभागी हुन दुई पटक निवेदन दिएको र २०१९ मा उक्त प्रस्ताव स्वीकार गरिएको बताएको छ।

Nepal Army 3mCecH83tp
https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%87%e0%a4%9f-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a4%a8%e0%a4%b0%e0%a4%b8%e0%a4%bf%e0%a4%aa-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%97%e0%a4%be%e0%a4%ae/
https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%80-%e0%a4%b8%e0%a5%87%e0%a4%a8%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५