कात्तिक १८ गते अघि आमसभा गरेमा उम्मेदवारी खारेज गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • October 17, 2022
nirwachan aayog

निर्वाचन आयोगले चुनाव प्रचारप्रसारको क्रममा कार्तिक १८ गतेदेखि मात्र कोणसभा तथा कुनै पनि प्रकारको आमसभा गर्न पाउने भन्दै, सो समय अगाडी कुनै पनि किसिमको सभा गरेमा उमेद्वारहरुको उमेद्वारी खारेज गर्न सक्ने बताएको छ।

राजनीतिक दलका प्रतिनिधिहरूको सहमतिमा बनेको आचारसंहिताले कात्तिक १८ गते भन्दा अगाडि निर्वाचन प्रचारप्रसारको क्रममा गरिने कोणसभा तथा कुनै पनि प्रकारको आमसभालाई निषेध गरेको छ । आयोगका अनुसार अहिले उमेद्वारहरुले घरदैलो कार्यक्रम गर्न पाउने तर २५ जना भन्दा बढी सहभागी गराउन नपाइने र आचारसंहिताले उल्लेख गरेका अन्य मापदण्डहरु पनि पालना गर्नुपर्ने बताएको छ।

आचारसंहिता कार्यान्वयन गराउने सवालमा कुनै पनि कसर बाँकी नराख्ने भन्दै आयोगले आचारसंहिता पालना नगरेको सन्दर्भमा परेका उजुरी उपर छानविन गरि मनोनयन खारेज गर्ने बताएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५