स्वार्थ केन्द्रित शासन प्रणालीले देशको विकास हुँदैन : भीम रावल

  • नेपाल राष्ट्रिय दैनिक
  • February 3, 2024
bhim rawal

धनगढी। नेकपा एमालेका नेता भीम रावलले राजनीति स्वार्थमा केन्द्रित भए देशमा विकास र समृद्धि सम्भव नहुने बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा भएको मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको समापन समारोहमा उनले प्रधानमन्त्री र मन्त्री बन्न र सरकार परिवर्तनमा मात्रै नेताको ध्यान केन्द्रित हुन नहुने बताएका छन्।

छिमेकी भारत र चीनको विकास तीव्र गतिमा भइरहेका बेला नेपाल आफ्नै भूराजनीतिक कारणले पछाडि परेको उनले बताएका छन्। दुई देशबीचको अत्यन्तै संवेदनशील भूराजनीति भएको नेपाल कमजोर हुँदा शासन प्रणाली व्यक्तिगत स्वार्थमा केन्द्रित भए खेलकुद, कृषि, स्वास्थ्य र अर्थतन्त्रको विकास कहिले गर्ने ? युवालाई रोजगारी कहिले दिने ? रावलले भने, ‘सरकार कहिले बदल्ने, को मन्त्री र प्रधानमन्त्री को बन्ने भन्ने निर्णय मात्रै गरे भने देशको विकास हुन सक्दैन ।

रावलले मुलुकको अर्थतन्त्र सुधार, अतिक्रमित सिमाना फिर्ता, कृषि क्षेत्रको विकास र रोजगारी वर्तमान समयको मुख्य आवश्यकता रहेको समेत बताएका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५