मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्षको जेल सजाय

  • नेपाल राष्ट्रिय दैनिक
  • August 23, 2022
najib razak malasyian primeminister

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ।

६९ वर्षीय पूर्वप्रधानमन्त्रीमाथि राज्यको स्वामित्वमा रहेको सम्पत्ति कोष १ मलेशिया डेभलपमेन्ट बर्हाड (१एमडीबी) को भ्रष्टाचार आरोप लागेको थियो ।उनलाई जुलाई २०२० मा दोषी ठहर गरिएको भएपनि पुनरावेदनका क्रममा उनी जमानतमा छुटेका थिए।

२०२० मा अदालतद्वारा सात वटा मुद्दाहरूमा दोषी करार गरिएका रजाकले – कुल ४२ मिलियन रिङ्गिट (९.४ मिलियन अमेरिकी डलर ) एसआरसी इन्टरनेशनल – १एमडीबी को पूर्व इकाईबाट आफ्नो निजी खाताहरूमा सारेको बताइएको छ। उनलाई १२ वर्षको जेल र २१ करोड रिङ्गिट जरिवानाको सजाय सुनाइएको थियो।

नजिबकी श्रीमती रोजमाह मन्सुरलाई पनि सोलार हाइब्रिड परियोजनासँग सम्बन्धित छुट्टै मनी लान्ड्रिंग र कर छलीको आरोपमा अनुसन्धान अगाडी बढाइएको छ। उच्च अदालतले सेप्टेम्बर १ मा सो मुद्दामा अन्तिम फैसला सुनाउने छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५