सिरियामा आप्रवासी र शरणार्थी बोकेको डुङ्गा डुब्दा ७० भन्दा बढीको मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • ७ आश्विन २०७९, शुक्रबार १७:१५
boat illegal immigrants

लेबनानका आप्रवासी र शरणार्थीहरू बोकेको डुङ्गा सिरियाको तटमा पल्टिँदा दर्जनौं व्यक्तिको मृत्यु भएको छ।

लेबनानी यातायात मन्त्रीले उक्त घटनामा अहिलेसम्म ७१ जनाको मृत्यु भएको जनाएका छन्। उक्त डुंगामा करिब १२० देखि १५० जना सवार थिए भन्ने जानकारीको आधारमा उद्दार तथा खोजि कार्य जारी रहेकोले मृतकको संख्या थप बढ्न सक्ने उनले बताएका छन्।सिरियाली बन्दरगाहका महानिर्देशक समेर कुब्रुस्लीले तेज हावा र सामुन्द्रिक छालाको कारण उद्धार कार्यमा कठिनाइ भएको बताएका छन् ।

उक्त दुर्घटनाबात उद्दार गरिएका २० जनाको टार्टोसको बासेल अस्पतालमा उपचार भइरहेको सिरियाली सरकारले जनाएको छ।

लेबनानको जनसङ्ख्या छ लाख छ, जसमा १० लाख सिरियाली शरणार्थीहरू छन्, र २०१९ को अन्त्यदेखि गम्भीर आर्थिक मन्दीको चपेटामा परेको छ जसले जनसंख्याको तीन चौथाइभन्दा बढीलाई गरिबीमा तानेको छ। त्यसैले हजारौं लेबनानी, सिरियाली र प्यालेस्टाइनीहरूले युरोपमा राम्रो अवसरहरूको खोजीमा विगत केहि महिना यता अवैध रुपमा युरोप छिर्ने गरेका छन्।

गत अप्रिलमा पनि दर्जनौं लेबनानी, सिरियाली र प्यालेस्टाइनीहरूलाई समुन्द्री मार्गबाट ​​इटली लिएर जाँदै गरेको एउटा डुङ्गा, लेबनानी नौसेनासँगको भिडन्तपछि दुर्घटनामा परेर दर्जनौंको ज्यान गएको थियो ।

त्यसैगरी बिहिबार पनि लेबनानी अधिकारीहरूले ५५ आप्रवासी र शरणार्थीहरू बोकेको डुङ्गालाई अक्करको उत्तरी क्षेत्रको तटबाट उद्धार गएको थियो।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५