राहदानी विभाग आइतबार सार्वजनिक बिदाको दिन पनि खुला हुने भएको छ । विधुतीय राहदानी सजिलै उपलब्ध गराउनका लागि बिदाका दिन पनि विभाग खुला रहने राहदानी विभागले जनाएको छ।
राहदानी विभागले जारी गरेको जानकारी अनुसार विभागमा सेवाग्राहीको चाप बढ्दै गएपछि सार्वजनिक बिदामा पनि राहदानी सम्बन्धी सेवा दिने निर्णय गरेको हो।
जेठ १५ गतेदेखि विभाग हरेक आइतबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म खुल्ला रहनेछ। राहदानीका लागि आवेदन दिन मिति बुक गर्ने सेवाग्राहीलाई विभागले राहदानी सम्बन्धी सेवा पनि उपलब्ध गराउनेछ।
आफ्नो प्रतिक्रिया दिनुहोस्