पोल्याण्ड र बुल्गेरियामा रुसी ग्यासको आपूर्ति बन्द

  • नेपाल राष्ट्रिय दैनिक
  • April 27, 2022
gas pipeline

रुसको सरकारी स्वामित्वको ऊर्जा कम्पनी गाजप्रोमले युक्रेनलाई पश्चिमी सहायता हस्तान्तरण गर्ने देश पोल्याण्ड र बुल्गेरियामा रुसी ग्यासको आपूर्ति बन्द गर्ने जनाएको छ।

पोल्याण्ड र बुल्गेरिया ७० प्रतिशतको हाराहरीमा रुसी ग्यासमा निर्भर रहे पनि, निरन्तर रुपमा उक्रेनलाई शैन्य समर्थन गर्दै आएको र रूबलमा भुक्तानी गर्न आनाकानी गरेपछि रुसले ग्यासको आपूर्ति बन्द गरेको जनाएको छ।

क्रेमलिनले रुसी शत्रु राष्ट्रहरुले रुबलमा भुक्तान गर्नुपर्ने प्रावधान अघि सारेपछि अधिकांश युरोपी राष्ट्रहरुले रुसको सो कदमको विरोध गर्दै आएका थिए। यधपी रुसले आफूमाथि लगाइएको आर्थिक नाकाबन्दीको जवाफमा रुसी मुद्रा रुबलमा भुक्तानी गर्नुपर्ने प्रावधान अघि सारेको थियो।

रुसले आपूर्ति बन्द गरेपछि र रुसी उर्जाको खपत कम गर्ने युरोपेली राष्ट्र र अमेरिकाको सहकार्य पछि पछिलो समय अमेरिका र युरोपिले राष्ट्रहरुमा तेल र ग्यासको मूल्य ४० वर्ष यताकै उच्च भएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५