काठमाडौँका यी क्षेत्रमा आजदेखि ४ दिनसम्म दैनिक ५ घण्टा विधुत अवरुद्ध हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • January 28, 2025
Nepal Electricity Authority bidhut

काठमाडौँ- काठमाडौँका केही स्थानमा आज (मंगलबार) देखि चार दिनसम्म दैनिक पाँच घण्टा विधुत सेवा अवरुद्ध हुने भएको छ। विधुत वितरण लाइन भूमिगत गर्ने कार्यको लागि विधुत आपूर्ति बन्द गर्न लागेको प्राधिकरणले जनाएको छ।

नेपाल विधुत प्राधिकरणका अनुसार गोठाटार, मातातीर्थ, केएमसी अस्पताल, पुरानो एयरपोर्ट, कुलेश्वर, बानेश्वर लगायतका ठाउँमा विद्युत् अवरुद्ध हुने भएको हो। गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विधुत अवरुद्ध हुनेछ।

त्यसैगरि बुधबार मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, बिहीबार शंखमूल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा विधुत आपूर्ति बन्द हुनेछ।

शुक्रबार केएससी र पुरानो एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विधुत अवरुद्ध हुने प्राधिकरणले सूचना प्रकाशित गरेर जानकारी दिएको छ।

तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न भए निर्धारित समयअघि नै विधुत आपूर्ती सुचारु हुने पनि प्राधिकरणले जनाउको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५