मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन

  • नेपाल राष्ट्रिय दैनिक
  • June 24, 2022
nirwachan aayog

निर्वाचन आयोगले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी तयारी गरिरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभएको छ।

महिला तथा सामाजिक समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा थपलियाले,स्थानीय तह निर्वाचनमा महिला सहभागिता कम भएको भन्दै , प्रदेश र संघीय संसदको निर्वाचनमा सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरि भूमिका खेल्न आग्रह समेत गर्नुभएको छ।

समानुपातिक सहभागिताको विषयमा संविधानको मर्म अनुसार नैकेही कानुनी र व्यवहारिक कुराहरू मिलाउनुपर्ने रहेको पनि उहाँले बताउनुभएको छ। त्यसैगरी, चुनाव खर्चिलो र भड्किलो भएको गुनासोहरु आउन थालेको र आफुहरुले कम खर्चिलो तवरमा चुनाव गराउन पनि तयारि गरिरहेको बताउनुभएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५