चिनियाँ सेनाको विमान आवासीय क्षेत्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • June 9, 2022
220609040509 01 china military jet crash 060922 exlarge 169

बिहीबार मध्य चीनको एक आवासीय क्षेत्रमा चिनियाँ सेनाको विमान दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको चीनको सरकारी राष्ट्रिय प्रसारण संस्था सीसीटीभीले जनाएको छ।

तालिमको दौरान पिपुल्स लिबरेसन आर्मी एयर फोर्सको जे-७ विमान हुबेई प्रान्तमा दुर्घटना हुँदा धेरै घरमा क्षति पुगेको सीसीटीभीले जनाएको छ।दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको बताइएको छ।
सामान्य चोटपटक लागेका पाइलटले विमान दुर्घटना हुनुअघि नै प्यारासुटको प्रयोग गरेर विमानबाट सफलतापूर्वक बाहिर निस्किएको मिडिया एजेन्सी सिन्ह्वाले जनाएको छ।

पाइलट र घाइते नागरिकहरूलाई उपचारको लागि अस्पताल पठाइएको छ।
सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा हुबेई प्रान्तको सियानग्याङको लाओहेकोउ एयरपोर्ट नजिकै भएको दुर्घटनाका कारण केही घरहरूमा आगो लागेको देखाइएको छ। दुर्घटनाको कारण र सम्बन्धित क्षतीको अनुसन्धान भइरहेको जनाइएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५