नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त

  • नेपाल राष्ट्रिय दैनिक
  • August 4, 2022
yubraj adhikari nepal airlines

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सरकारले बर्खास्त गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । निगम भित्र अनियमितता गरेको तथा कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा यस अघि ६ असारमा उनलाई निलम्बन गरेको थियो। सर्वोच्चले उनको निलम्बन खारेज गरेपछि उनि पुन: काममा फर्किएका थिए।

यसअघि ट्विनअटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएको; साउदी अरबमा निगमको सेवा विस्तारको उद्घाटन गर्न जाँदा जम्बो टोली लगी वित्तीय हानी पुर्‍याएको; सार्वजनिक प्रतिस्पर्धा नगरी एउटा संस्थालाई टिकट बिक्रीको जिम्मा दिएको लगायतका विवादमा समेत उनलाई स्पष्टिकरण सोधिएको थियो।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५