बेलायती प्रधानमन्त्री बोरिस जोनसनद्वारा राजीनामा

  • नेपाल राष्ट्रिय दैनिक
  • July 7, 2022
boris johnson

विवादास्पद श्रृंखलाहरुको बीचमा सत्तामा आफ्नो पकड कायम राख्न संघर्ष गर्दै महिनौं बिताएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पदबाट राजिनामा दिने घोषणा गरेका छन्।

प्रमुख प्रतिपक्षी दल लेबर पार्टीको विरोध र आफ्नै पार्टीभित्रको आन्तरिक विद्रोहपछि राजनितिक दवावमा उनले राजीनामाको घोषणा गरेका हुन्।बोरिस जोनसनले अर्को प्रधानमन्त्री चयन नहुँदासम्म कार्यवाहकका रुपमा पदमा रहने पनि उल्लेख गरेका छन्।

यसैबीच, पूर्व बेलायती प्रधानमन्त्री जोन मेजरले भने, देशको समग्र हितका लागि उत्तराधिकारी नभेटेसम्म बोरिस जोनसन डाउनिङ स्ट्रिटमा बस्न नहुने बताएका छन्।नयाँ प्रधानमन्त्रीको चयन नहुँदासम्म उपप्रधानमन्त्री डोमिनिक राबले पदभार सम्हाल्न सक्ने पनि उनले बताएका छन्।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५