उपनिर्वाचन : तीनवटै क्षेत्रमा मतदान जारी

  • नेपाल राष्ट्रिय दैनिक
  • April 23, 2023
voting

उपनिर्वाचन हुने बारा २, चितवन २ र तनहुँ १ मा मतदान बिहानै देखि मतदान सुरु भएको छ ।

तीन निर्वाचन क्षेत्रमा गरि कुल ६५ उम्मेदवारहरु प्रतिस्पर्धा गर्दैछन् । मतदानका लागि एक सय ९४ मतदान स्थल र चार सय २७ मतदान केन्द्रको व्यवस्थापन गरिएको छ । निर्वाचन हुने तिनवटै क्षेत्रमा आज सार्वजनिक बिदा दिइएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान निर्धारण गरेको समय तालिका अनुसार साँझ ५ बजेसम्म रहनेछ  ।

चितवन २ बाट निर्वाचित रास्वपाका रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद पद खारेज भएको , तनहुँ १ मा रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएको र बारा २ मा रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछी यी तिनै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५