बाजुराको बुढीगंगा नगरपालिकामा पुनः निर्वाचन गरिने

  • नेपाल राष्ट्रिय दैनिक
  • May 26, 2022
nirwachan aayog

निर्वाचन आयोगले चुनाव निष्पक्ष नभएको ठहर गर्दै बाजुराको बुढीगंगा नगरपालिकामा पुनः निर्वाचन गर्ने निर्णय गरेको छ ।

निर्वाचनको दिन मतदानस्थलमा भएको झडप, उम्मेदवार कुटपिट, मतदाता लखेटिएको र काँग्रेस र एमालेका कार्यकर्ताहरुले विभिन्न वडाका मतदान स्थलहरु नियन्त्रणमा लिएर एकछापे मत हालेको घटनालाई लिएर निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने निर्णय गरेको हो।

आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४१ को उपदफा (४) बमोजिम यथाशीघ्र मतदान गर्ने मिति र समय तोकी मतदान गराउन निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ।
आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई निर्वाचन कसुर अनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन समेत सरकारलाई निर्देशन दिएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५