बैतडीमा कोरोना संक्रमण शून्य

  • नेपाल राष्ट्रिय दैनिक
  • March 18, 2022
corona 2

जिल्लामा कोरोनाका संक्रमित शून्य भएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन् । जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उहाँले बताउनुभयो ।

जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १८ को मृत्यु भइसकेको छ । जिल्लाका हरेक स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी रहेकाले खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

सीमानाका झुलाघाट स्वदेश भित्रिनेहरूको नियमित कोरोना परीक्षण भइरहेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५