संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन रुसी कुटनीतिज्ञलाई अमेरिकाद्वारा भिसा जारी

  • नेपाल राष्ट्रिय दैनिक
  • September 13, 2022
russian foreign minister sergey lavrov

वासिङ्टनले रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अन्य उच्चस्तरीय कूटनीतिज्ञहरूलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भिसा प्रदान गरेको छ। यो निर्णयले मस्कोका प्रतिनिधिहरूलाई अमेरिकी प्रतिबन्धको बावजुद संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान अनुमति दिनेछ।

यसअघी, रुसी कूटनीतिज्ञहरूलाई सभाको ७७ औं सत्रमा सहभागी हुन भिसा दिन अस्वीकार गरेकोमा मस्कोले बारम्बार वासिङ्टनको आलोचना गरेको थियो।

फेब्रुअरीमा युक्रेनमा मस्कोको सैन्य आक्रमण सुरु गरेपछि अमेरिकाले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभलगायत उच्च स्तरका रुसी अधिकारीहरूमाथि व्यक्तिगत प्रतिबन्ध लगाएको थियो।

क्रेमलिनका प्रेस सचिव दिमित्री पेस्कोभले मंगलबार वाशिंगटनले भिसा दिन ढिलाइ गरेर “आफ्नो दायित्वहरू तोडेको” आरोप लगाएका थिए ।”आशा गरौं कि अमेरिकाले आफ्नो कर्तव्य पूरा गर्नेछ,” उनले भने, वाशिंगटनले महासभामा भाग लिन निर्धारित सबैलाई भिसा दिनै पर्छ।

सेप्टेम्बर १३ २०२२ मा सुरु हुने संयुक्त राष्ट्रसंघको महासभाको ७७ औं सत्रको मुख्य कार्यक्रम सेप्टेम्बर २० देखि २६ सम्म हुनेछ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५