मेक्सिको विरुद्दको अमेरिकी कर नितीमा एक महिना लामो विराम

  • नेपाल राष्ट्रिय दैनिक
  • February 4, 2025
Mexicos President Claudia Sheinbaum

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउम र उनका समकक्षी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको वार्तामा मेक्सिकोले पनि अमेरिकालाई प्रतिकारको रुपमा निर्यातमा कर लगाउने बताएपछि अमेरिकी सरकारले उद्घोष गरेको करहरूमा एक महिना लामो विरामको घोषणा गरिएको छ ।

दुवै नेताहरूले सोमबार सामाजिक सञ्जाल (X) मार्फत स्टाटस राखेर वार्ता भएको पुष्टि गरेका छन् भने एक अर्का विरुद्द निर्यातमा लगाउने भनिएको कर एक अम्हिनाको लागि स्थगित गरिएको बताएका छन्।

राष्ट्रपति क्लाउडिया शेनबाउमले आफ्नो स्टाटसमा लेखेकी छन् “हामीले हाम्रो सम्बन्ध र सार्वभौमिकताको लागि ठूलो सम्मानका साथ राष्ट्रपति ट्रम्पसँग कुराकानी गर्यौं र छलफलको परिणामस्वरूप, मेक्सिकोले “मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा लागूपदार्थको तस्करी रोक्न” आफ्नो उत्तरी सिमानामा १०,००० राष्ट्रिय गार्ड सेना पठाउनेछ र अमेरिकाले बदलामा, मेक्सिकोमा उच्च-शक्तियुक्त हतियारहरूको तस्करी रोक्न काम गरिरहेको छ र गर्नेछ ” ।

ट्रम्पले पनि शेनबाउमसँगको कुराकानीलाई “धेरै मैत्रीपूर्ण” भनेर वर्णन गर्दै मेक्सिकोको राष्ट्रिय गार्डको तैनाथीको प्रशंसा गरेका छन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५