जनमत पार्टीका शीर्ष नेताहरूद्वारा अध्यक्ष सिके राउत र विभाग प्रमुख जयकान्त राउतको राजीनामा माग

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गर्दै पार्टीभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको छ।

पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना शीर्ष नेताले बुधबार सामूहिक हस्ताक्षर गरेर राजीनामा माग गरेका हुन्। उनीहरूले पार्टी नेतृत्वको कमजोर भएको,कार्यशैली निर्णय प्रक्रियामा पारदर्शिताको कमी र जनभावनासँग विपरीत गतिविधिले पार्टी आफ्नो मूल उद्देश्य र विचारअनुसार अघि बढ्न नसकेको आरोप लगाएका छन्।

राजीनामा माग गर्ने नेतामा केन्द्रीय प्रवक्ता डा. शरतसिंह भण्डारी, जनमत युवा संघका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बम रहेका छन्।

मोर्चा बनाउन मधेशकेन्द्रित आठ दल छलफलमा

काठमाडौं – संविधान संसोधनको विषय चलिरहेको र माग १८ गतेबाट संसदको हिउँदे अधिवेशन सुरु हुनै लाग्दा संविधान संसोधनको विषयमा एक हुनेगरी मोर्चा बनाउन सक्रिय विभिन्न आठ वटा मधेशी राजनीतिक दलहरू छलफलमा जुटेका हुन् ।

अशोक राई नेतृत्वको जसपा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, सीके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपा, रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतीशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का नेताहरूबीच छलफल चलिरहेको हो ।

संसद्‌मा मधेशी दलहरूको उपस्थिति कस्तो बनाउने र मोर्चाका क्रियाकलाप कसरी अघि बढाउने भन्नेबारे छलफल भइरहेको उनीहरुले बताएका छन् ।

मधेसको बजेट छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

जनकपुर – मधेस प्रदेश सरकारको बजेटमा भएको त्रुटि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ ।

आइतबार बसेको मधेस प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

मुख्यमन्त्री सतीशकुमार सिंह र निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई उच्चस्तरीय छानबिन समिति गठन गरी जिम्मेवारी तोक्ने जिम्मा दिइएको बताइएको छ।

यसअघी,जसपा नेपालले उच्चस्तरीय छानबिन समिति गठनका साथै बजेट परिमार्जन र सबै क्षेत्रमा सन्तुलित बजेट विनियोजनको माग गर्दै आएको थियो ।

मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी: सरकारलाई दिएको समर्थन फिर्ता

जनकपुर — मधेश प्रदेश सरकारमा सहभागी रहेको जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिएको छ। जनमत पार्टीले आफ्ना दुई मन्त्रीलाई समेत सरकारबाट फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जनमत पार्टीका प्रदेश सांसद संजय यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेश प्रदेश सरकारबाट बाहिरिएको पत्र बुझाएको बताएका छन् । जनमत पार्टीले शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहलाई समेत सरकारबाट फिर्ता बोलाएको छ। । जसपा संगको आन्तरिक मतभेदका कारण जनमत पार्टी सरकारबाट बाहिरिएको बुझिएको छ।

janamat party samarthan firta

सरकारमा सामेल हुन जनमत पार्टीको तिन शर्त

गठबन्धन गरेर चुनावमा होमिएको सत्ता गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि अहिले गठबन्धन दलका शिर्ष नेताहरु सरकार निर्माणका लागि बहुमत जुटाउने गृहकार्यमा लागेका छन्।

यसैबीच जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र प्रधानमन्त्री देउवाबीच भएको भेटलाई लिएर जनमत पार्टीले सरकारमा जानेबारे सहमति गरेको चर्चा बढेको छ।

तर, जनमत पार्टीले भने सरकारमा जानेबारेमा कांग्रेससँग कुनै खालको सहमति नभएको बताएको छ। यधपी प्रधानमन्त्री देउवा र रावतको भेटवार्तामा संघ तथा मधेश प्रदेश सरकार गठनका विषयमा छलफल भएको र जनमत पार्टीका अध्यक्ष राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी सिर्जना लगायतका तिन विषयमा सहमति भएमा आफुहरु सरकारमा जान सक्ने बताएका छन्।

सप्तरीमा सिके राउत नेतृत्वको जनमत पार्टी विजयी

सिके राउत नेतृत्वको जनमत पार्टीका वीरेन्द्र माझी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा विजयी भएका छन् । माझीले ६ हजार ४ सय ७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शैलेशकुमार साहले ६ हजार २४६ मत पाएका छन् ।

यसअघिको स्थानीय तहको निर्वाचनमा तत्कालीन फोरमबाट माझी उम्मेदवार बनेका थिए भने तत्कालीन राजपाबाट साह विजयी भएका थिए । राजपा र फोरम मिलेर लोसापा गठन गरेपछि दुवै जना जसपामा थिए । तर जसपाले साहलाई उम्मेदवार बनाउने निर्णय गरेपछि उम्मेदवारीको एक दिनअघि मात्रै माझी जनमत पार्टीमा प्रवेश गरेका थिए ।

त्यसैगरी हनुमाननगर कंकालिनीको उपमेयरमा जसापाकी सरितादेवी सिप्लिया यादव पुनः निर्वाचित भएकी छन् । उनी ६ हजार ५१२ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीकी रेखादेवी मण्डलले ५ हजार ९८२ मत ल्याएकी छन् । १४ वडा रहेको हनुमाननगर कंकालिनी नगरपालिकामा ७ वडामा जसपा , ४ वडामा माओवादी केन्द्र, २ वडामा जनमत पार्टी र १ वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मधेशमा स्थानीय तहको निर्वाचन गर्न नदिने सिके राउतको चेतावनी

किसान आन्दोलनको माग पूरा नभए सिके राउतले स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका छन् ।

किसानका विभिन्न माग राख्दै मधेशमा लगातार आन्दोलन गर्दै आइरहेका सिके राउतले वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै राउतले किसानको माग पूरा नगरे तराई मधेश क्षेत्रमा स्थानीय तहको निर्वाचन गर्न नदिने बताएका छन् ।

‘पहिला किसानको माग सम्बोधन होस् तब मात्रै स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं’ उनले भने, ‘नभए अरु ठाउँमा त म भन्न सक्दिन तराई मधेशमा झापादेखि बाँके, बर्दिया, कैलाली कञ्चनपुरसम्म हामी अवरोध गर्नेछौं ।’

सिके राउतले विभिन्न ११ वटा माग राख्दै तराई मधेशमा आन्दोलन गर्दै आएका छन् ।

सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप

सीके राउतका कार्यकर्ताहरुले मुढा तेर्साएर पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने प्रयास गरेपछी सडक खुलाउने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ गोदार चोकमा सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

झडपमा ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । झडपमा रबरको गोली लागेर ३ जना प्रदर्शनकारीहरु पनि घाइते भएका छन् ।

प्रहरीले ११ राउन्ड रबर गोली र १६ राउन्ड अश्रु ग्यास प्रहार गरेपनि स्थिती नियन्त्रणमा आउन सकेको छैन । अहिले गदार चोक तनावग्रस्त बनेको छ । राउतका कार्यकर्ताहरु भाटा लिएर सडकमा उत्रिएका छन् ।

माथि देखाइएको तस्विर घटनाको वास्तविक तस्विर नभएर सांकेतिक तस्विर मात्र हो । तस्विर गुगल बाट सभार गरिएको छ ।

सिरहामा २ दिनसम्म निषेधाज्ञा जारी रहने ।

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तहरुले सवारी साधनहरु तोडफोड गर्ने र सडकमा लाठी र भाटा सहित आन्दोलन अगाडि बढाएपछी सिरहामा २ दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।

आफ्ना कार्यकर्ताहरुलाई प्रहरिले पक्राउ गरेको भन्दै जनमत पार्टीका कार्यकर्तहरुले सवारी साधनहरु तोडफोड गर्दै आन्दोलन गर्न थालेपछी सिराहा प्रशासनले मंगलबार र बुधबारका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म रहनेछ । निषेधाज्ञा अवधिभर बाहिर हिंडडुल गर्न, भेला हुन र अन्य कुनै पनि किसिमका राजनीतिक गतिविधी गर्न नपाइने प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिनुभएको छ । निषेधाज्ञा अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात भने सुचारु रहनेछ ।

सरकारले स्थानीय स्वास्थ्य चौकीमा भण्डारण गरेर राखेको गहुँको बिउ वितरण गर्न ढिलाइ गरेको भन्दै केही किसानहरुले पुस २ गते सो गहुँ आफैं लगेपछी, गहुँ लुटेको आरोपमा प्रहरीले चार जनाविरुद्ध मुद्दा दायर गरेको र एक जनालाई पक्राउ गरेको थियो। सोही बिषयमा आफ्नो कार्यकर्ता पक्राउ गरेको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले केही दिन यता सिरहामा आन्दोलन गर्दै आएको छ ।

siraha

तस्विर : द राइसिङ नेपाल