लोसपा र राष्ट्रिय एकता पार्टीबीच एकीकरणको सहमति

  • नेपाल राष्ट्रिय दैनिक
  • August 8, 2022
losapa ekikarannn

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय एकता पार्टीबीच पार्टी एकीकरणको सहमति भएको छ।

लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय एकता पार्टीका अध्यक्ष प्रेमदिप थाम्सुहाङले संयुक्त रुपमा पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेर पार्टी एकीकरणमा सहमति जनाएका छन् । लोसपाको नाम, झण्डा र छाप स्विकार्ने गरि राष्ट्रिय एकता पार्टीले गरेको सहमति अनुसार राष्ट्रिय एकता पार्टी लोसपामा विलय भएको छ। सहमति अनुसार राष्ट्रिय एकता पार्टीका सबै संगठनहरुलाई लोसपामा समायोजन गरिनेछ।

राष्ट्रिय एकता पार्टीका अध्यक्ष प्रेम कुमार थाम्सुहाङलाई लोसपाको केन्द्रिय कार्यकारिणी सदस्यमा समायोजन गरिने र प्रदेश १ को जिम्मेवारी दिने सहमति भएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५