काठमाडौं-मुग्लिन सडक खण्ड सुचारु

  • नेपाल राष्ट्रिय दैनिक
  • June 9, 2022
pahiro

अविरल वर्षाको कारण आएको पहिरोले अवरुद्ध भएको काठमाडौं-मुग्लिन सडक खण्ड सुचारु भएको छ।
सो सडक खण्डमा वर्षा कम भएसँगै पहिरो हटाउन सुरु गरिएको थियो। पहिरोले थुपारेको ढुंगा र माटो हटाइएकाले अहिले दुईतर्फी नै सवारी सुचारु गरिएको छ।

पहिरो पन्छाइएको भएपनि रातिदेखि नै सडकमा रोकिएका सयौं गाडीको चापले सहज रूपमा यातायात चल्न भने केही समय लाग्ने प्रहरीले जनाएको छ।

गए रातिदेखिको अविरल वर्षाले पहिरो गएपछि सडक अवरुद्ध हुँदा सो सडक खण्डमा यातायात सेवा बन्द भएको थियो।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५