सत्तारुढ दल र प्रतिपक्षी दलका सांसदले संसदमा प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सैनिक साझेदारी कार्यक्रम एसपीपीबारे जानकारी दिन सरकारलाई निर्देशन दिनुभएको छ।
मन्त्रिपरिषद् बैठकले नेपाल एसपीपीमा सहभागी नहुने भन्दै पत्र लेख्ने निर्णय गरेको झण्डै एक महिना बितिसक्दा पनि परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्राचार किन नपठाएको भन्दै सांसदहरूले प्रश्न उठाएपछि सभामुख सापकोटाले एसपिपीको अवस्थाबारे जानकारी गराउन आदेश दिनुभएको हो।
सांसदहरुले एसपिपीबारे प्रश्न उठाएपछि सभामुख सापकोटाले भन्नुभयो”एसपीपी सम्झौताबारे माननीय सांसदहरुले उठाएका कुराप्रति मेरो ध्यानाकर्षण भएको छ, यस सम्बन्धमा म नेपाल सरकारलाई निर्णय र कार्यान्वयनको अवस्थाबारे जानकारी गराउन निर्देशन दिन्छु। ”
संसदको आजको बैठकमा माओवादीका प्रमुख सचेतक गुरुङले सरकार दुई फरक नामबाट एसपीपी पास गर्ने प्रक्रियामा रहेको भन्दै प्रश्न उठाउनुभएको थियो भने नेकपा एमालेका सांसद डा भीमबहादुर रावलले पनि मन्त्रिपरिषद्को निर्णय भए पनि एसपीपी कार्यान्वयन नहुने भन्दै परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्र नदिएकोमा आपत्ति जनाउनुभएको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्