क्रिप्टोकरेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

  • नेपाल राष्ट्रिय दैनिक
  • २ भाद्र २०७९, बिहीबार १५:२३
sarbochha

क्रिप्टोकरेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा आज रिट दायर भएको छ ।

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबारलाई प्रतिबन्ध लगाउँदै जारी गरेको सूचना बदरको माग गर्दै अधिवक्ता सागर बराल लगायतले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।राष्ट्र बैंकले प्रतिबन्ध लगाएको क्रिप्टोलगायत डिजिटल मुद्रालाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंक, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ । निवेदनमाथिको प्रारम्भिक सुनुवाइ आगामी सोमबार हुनेछ ।

Share :
adhyagaman bibhag immigration

धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ

काठमाडौँ — धर्म प्रचारको आरोपमा १७ जना अमेरिकी र १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५