कक्षा १२ को परिक्षा सुरु

  • नेपाल राष्ट्रिय दैनिक
  • May 30, 2022
rastriya parikshya board

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकैपटक सुरु गरेको छ ।
आज बिहान ८ बजेबाट ७७ वटै जिल्लाका एक हजार २ सय ९२ परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रुपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभएको छ ।जेठ २५ गतेसम्म संचालन हुने परीक्षामा ४ लाख १५ हजार विद्यार्थी सहभागी ररहेका छन्।
परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि नै सबै परीक्षा केन्द्रमा अनलाइनमार्फत प्रश्न पठाइएको र प्रश्नको फोटोकपी बनाएर परीक्षार्थीलाई वितरण गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। विगत दुई वर्षयता कोभिड–१९ को महामारीका कारण विद्यार्थीका घरमै प्रश्नहरू पठाउने अनलाइन व्यवस्था गरिएको थियो । यस वर्ष पनि त्यही व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५