दुर्घटनाग्रस्त अवस्थामा भेटियो ताराको ट्विनअटर

  • नेपाल राष्ट्रिय दैनिक
  • १६ जेष्ठ २०७९, सोमबार ०७:४५
tara air accident 20220530080131

हराइरहेको ताराको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।१४ हजार ५ सय फिटको उचाइमा मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङको सानोस्वारे भीरमा दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटिएको हो।

कोवाङबाट ३ घन्टामाथि मानापाथी हिमालको फेदीमा पर्ने पहाडमा ठोक्किएर क्षतविक्षत अवस्थामा रहेको जहाज स्थानीयले फेला पारेपछि सेनालाई खबर गरेका थिए । दुर्घटनामा परि जहाजमा सवार सम्पूर्ण यात्रुको मृत्यु भएको आशंका गरिएको छ भने मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने भएको छ ।

जोमसोम विमानस्थलमा बाक्लो बादल लागेकोले अवतरण गर्न नसकेपछि निलगिरी हिमालमुनीको टिटी तालको आकाशबाट देब्रे मोडिएर मानापाथी हिमालपट्टी पुगेको र सोही पहाडमा विमान ठोकिएको अनुमान गरिएको छ ।

Share :
rabi lamichhane 402x226 1

रवि लगायतका आरोपितको सम्पत्ति रोक्का गर्न अदालतको आदेश

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । धरौटीमा छाड्ने आदेशसंगै जिल्ला अदालत रुपन्देहीले रवि लामिछाने लगायत सुप्रिम सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका आरोपितहरूको सम्पत्ति रोक्का राख्न आदेश दिएको छ । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले थुनछेक बहसपछि रवि लामिछानेसँग एक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५