युरोपेली संघले बर्षको अन्त्यसम्म रुसी तेल आयातलाई ९० प्रतिशत कटौती गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • May 31, 2022
europena union

युरोपेली संघका नेताहरूले युक्रेनलाई मद्दत गर्ने विषयमा केन्द्रित शिखर सम्मेलनमा वर्षको अन्त्यसम्म युरोपेली ब्लकमा अधिकांश रूसी तेल आयातमा प्रतिबन्ध लगाउन सहमति जनाएका छन्।

यो सम्झौताले रुसबाट आयात हुने तेलको दुई तिहाइभन्दा बढी भाग समेट्ने बताइएको छ । ईयूको यो सहमतिले वर्षको अन्त्यसम्म करिब ९०% तेल आयातलाई प्रभावकारी रूपमा कटौती गर्ने अनुमान गरिएको छ।

युक्रेनको अर्थतन्त्रलाई समर्थन गर्न ९ बिलियन यूरो सहयोग प्रदान गर्न पनि सहमती भएको छ । यो सहयोगको रकम भने अनुदान वा ऋण के हुने भन्ने कुरा भने स्पष्ट पारिएको छैन।
युरोपेली संघले रुसमाथि लगाएको यो छैठौँ प्रतिबन्ध हो। यसअघि पनि रसियामाथि अमेरिका र युरोपले विभिन्न प्रतिबन्धहरु लगाउँदै आएका थिए।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५