विदेशी मुद्रा सञ्चिति सुरक्षित गर्न राष्ट्र बैंकले मौद्रिक नीतिलाई थप कडाइ गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • May 28, 2022
Nepal Rastra Bank 20191110221109

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०२१/२२ को मौद्रिक नीतिको समीक्षा गर्दै बढ्दो स्रोतको खाडल र विदेशी विनिमय सञ्चितिमा आएको संकुचनका कारण बैंकिङ प्रणालीमा तरलताको समस्या गहिरिएको र एकातिर ब्याजदरमा परेको दबाबमा र अर्कोतर्फ बाह्य क्षेत्रको स्थायित्व कायम गर्न पनि मौद्रिक नीतिलाई थप कडाइ गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले कोभिड–१९ महामारीबाट प्रभावित उद्योग–व्यवसायलाई पुनरुत्थान गर्न, आन्तरिक तथा बाह्य क्षेत्रमा ब्याजदर घटाउने र समष्टिगत आर्थिक स्थायित्व कायम गर्न प्रदान गर्ने पुनर्कर्जा सुविधालाई सीमित गर्ने विद्यमान नीतिलाई निरन्तरता दिने र मुद्रास्फीति र विदेशी मुद्रा सञ्चितिमा दबाब आएमा मौद्रिक नीतिको नीतिगत निर्देशनलाई थप कडाइ गरिने राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी मुद्रास्फीति र बाह्य क्षेत्रको स्थायित्वलाई ध्यानमा राखी उत्पादनशील क्षेत्र, साना तथा मझौला उद्योगमा वित्तीय श्रोतको प्रवाह बढाउन र आन्तरिक उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनमा जोड दिइएको छ ।बाह्य क्षेत्रमा चालु खाता र भुक्तानी सन्तुलन घाटा बढेको छ भने विदेशी मुद्रा सञ्चितिको आयात सपोर्ट गर्ने क्षमता घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०२१/२२ मा कुल गार्हस्थ्य उत्पादन ५ दशमलव ८४ प्रतिशतले बढेको अनुमान गरेको छ ।

आर्थिक वर्ष २०२१/२२ मा कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको अंश ९०.७३ प्रतिशत रहने अनुमान गरिएको छ । यस्तो उपभोग अघिल्लो वर्षको ७.७ प्रतिशतको तुलनामा चालु आर्थिक वर्षमा ११.५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

सरकारले सार्वजनिक गरेको मौद्रिक नीतिको पूर्णपाठ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५