उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको भन्दै निर्वाचन आयोगले दलहरुलाई कुनै पनि प्रकारको बैठक, छलफल, अन्तर्क्रिया र सभा समारोह नगर्न आग्रह गरेको छ ।
आयोगले जारी गरेको विज्ञप्तिमा कुनै पनि प्रकारका बैठक, छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न र उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न निषेध गरिएको उल्लेख गरेको छ ।
शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले मौन अवधि लागू भएको र मतदान कार्य सम्पन्न नहुँदासम्म प्रचारप्रसारमा निषेध हुने जानकारी दिएको छ ।
उपराष्ट्रपति निर्वाचनका लागि,निर्वाचन आयोगले कायम गरेको कुल ५२ हजार ६२८ मतभारमा निर्वाचित हुन २६ हजार ३१५ मत कटाउनुपर्ने प्रावधान रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्