आईजीपी नियुक्तिविरुद्धको रिट खारेजीपछि एआईजी विश्वराज पोखरेलको राजीनामा

  • नेपाल राष्ट्रिय दैनिक
  • July 18, 2022
bishow raj pokhrel

सर्वोच्च अदालतले गत असार ३१ मा प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिट खारेज गरिदिएपछि नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन् ।

ज्येष्ठता मिचेर धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै वैशाख १९ गते एआईजी पोखरेलले सर्वोच्चमा दायर गरेको रिट कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले खारेज गरेको थियो । सर्वोच्चमा रिट दायर गरेपछि विदामा बसेका पोख्रेलले रिट खारेज भए लगत्तै राजीनामा बुझाएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५