गौर हत्याकाण्डमा छानबिन आवश्यक नरहेको सत्तारुढ दलको निष्कर्ष

  • नेपाल राष्ट्रिय दैनिक
  • August 15, 2023
gaur hatyaakaanda

गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच भएको ५ बुँदे सहमतिको बेवास्ता

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले गौर हत्याकाण्डमा थप छानबिन आवश्यक नरहेको निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतको सहभागिता रहेको बैठकले गौर हत्याकाण्डमा मारिएका व्यक्तिका परिवारले क्षतिपूर्ति पाइसकेको र मारिनेहरू सहिद घोषणा भइसकेकाले सो मुद्दामा थप केही बाँकी नरहेको निष्कर्ष निकालेको हो।

यता, केहि दिन अघिमात्र गौर हत्याकाण्डको विषयमा, ‘तत् समयमा दर्ता भएका जाहेरीसमेतलाई छानबिन गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने’ भनि गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच ५ बुँदे सहमति भएको थियो। तर सत्तारुढ दलको बैठकले सो घटनामा थप केहि आवश्यक नरहेको निष्कर्ष निकालेको छ।

गृह मन्त्रालय र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबिच भएको सम्झौता पछि शसंकित बनेको जसपाले सो विषयमा अनुसन्धानको प्रक्रिया अगाडी बढेमा सरकार छाड्ने चेतावनी समेत देखिएको थियो। यिनै घटनाक्रमहरुकोबीच बालुवाटारमा बसेको सतारुढ दलको बैठकले घटनास्थलमा नै नरहेका उपेन्द्र यादवलाई अनुसन्धानको दायरामा तानुको औचित्यन भएको बैठकले निर्णय गरेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५