हलिउड हिल्स वेस्टको मानव वस्ती खाली गर्ने (इभ्याकुएसन) आदेश हटाइयो

  • नेपाल राष्ट्रिय दैनिक
  • २५ पुष २०८१, बिहीबार २३:५३
la wildfire usa

डढेलो नियन्त्रणमा आएको बताएपछि लस एन्जलसको हलिउड हिल्स वेस्टको मानव वस्ती खाली गर्ने आदेश हटाइएको छ।

यधपी, एलए फायर डिपार्टमेन्टले विज्ञप्तिमा मानिसहरूलाई “आफ्नो घर फर्कँदा सावधान रहन” आग्रह गरेको छ।

सनसेट फायरका कारण लगभग १५,००० स्थानीय बासिन्दाहरूलाई पहिले नै वस्ती खाली गर्न निर्देश दिइएको थियो। हालसम्म आगलागीमा परि मृत्यु हुनेको संख्या ५ जना पुगेको पुष्टि भएको छ।

मंगलबार मालिबु नजिकै शहरको प्यासिफिक प्यालिसेड्स सुरु भएको आगो पछि उत्तरी छिमेकमा फैलिएको थियो।

Share :
rabi lamichhane

१ करोड धरौटी बुझाएर छुटे लामिछाने

रूपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालयले माघ ६[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५