पार्टी कार्यालय, सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ।
शीर्ष नेताहरुसँगको छलफल र सहमतिपछि चुनावी तालमेलको प्रस्तावलाई अनुमोदन गर्दै गठबन्धनलाई निरन्तरता दिने निर्णय गरिएको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले बताउनुभएको छ। यसरी गठबन्धनमा रहेका दलहरूका चुनावी तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने प्रस्ताव पनि अघि सारिएको छ।
पार्टी निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा.प्रकाशशरण महतले आगामी साउन मसान्तभित्र भ्रातृ संस्थाको पूर्णता दिने र सदस्यता व्यवस्थापन केन्द्रीय समिति,केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय गरेको पनि बताउनुभएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्