कस्तो हुन्छ नयाँ स्टक एक्स्चेन्ज ?

  • नेपाल राष्ट्रिय दैनिक
  • January 27, 2025
dhitopatra board nepal securities board

काठमाडौँ- नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्स्चेन्जका लागि प्रक्रिया अगाडी बढाउने भएको छ। नयाँ स्टक एक्स्चेन्जका लागि प्रक्रिया अगाडी बढाउन पौष ५ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय धितोत्रप बोर्डमा पुगेपछि बोर्डले लाइसेन्सको प्रक्रिया अगाडि बढाउने भएको छ। यधपी बोर्डले कुनै पनि नयाँ आवेदन नखुलाउने तर यसअघि आवेदन दिएका कम्पनीमध्ये एउटालाई लाइसेन्स दिने तयारी गरेको छ ।

नयाँ स्टक एक्स्चेन्जको चुक्ता पूँजी कम्तीमा ३ अर्ब बराबर हुनेछ । धितोपत्र बजार सञ्चालन नियमावलीमै स्टक एक्स्चेन्ज सञ्चालनका व्यवस्था समेटिएका छन् ।

नयाँ स्टक एक्स्चेन्जको चुक्ता पूँजी ३ अर्ब भए पनि हालको नेपाल स्टक एक्स्चेन्जलाई तत्कालका लागि यो बराबर पूँजी अनिवार्य गरिएको छैन ।

नयाँ स्टक एक्स्चेन्जको ३ अर्ब चुक्ता पूँजीमध्ये कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्ने छ । त्यस्तै कारोबार सञ्चालन भएको दुई वर्षभित्र सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नुपर्ने छ ।

कुनै कम्पनी वा संगठित संस्थाको सञ्चालक वा सेयरधनी र नजिकको नातेदार रहेका कम्पनीले नयाँ स्टकको कुल सेयर पूँजीमा १५ प्रतिशतभन्दा बढी सेयर लिन नपाउने व्यवस्था नियमावलीमा गरिएको छ ।

नयाँ स्टक एक्स्चेन्जले ल्याउने कारोबार प्रणाली र सम्बन्धित प्रविधि खरिद वा जडान गर्दा नेपाल बाहेक अन्य देशमा न्यूनतम १० वर्षदेखि सञ्चालनमा रहेको, कम्तीमा तीन स्टक मार्केटले प्रयोग गरेको प्रणाली र प्रविधि हुनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै नयाँ स्टकले अन्तर्राष्ट्रियस्तरको ख्यातिप्राप्त स्टकसँग कारोबार प्रणाली तथा सूचना प्रविधिका सम्बन्धमा आवश्यक सहकार्य गर्न र प्राविधिक सहयोग लिन सक्छ । तर, सरकारको सहमतिविना कारोबार प्रणालीको सर्भर, डाटा होस्टिङ विदेशमा राख्न नपाइने व्यवस्था गरिएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५