पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

  • नेपाल राष्ट्रिय दैनिक
  • July 3, 2023
Petrol1613487100

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर पाँच/पाँच रुपैयाँका दरले घटाएको छ।

सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले सो मूल्य घटाउने निर्णय गरेको हो । यसपटक भने निगमले वैज्ञानिक प्रणालीबाट मूल्य निर्धारण गरेको निगमका प्रवक्ता मनोज ठाकुरले बताएका छन् ।सोमबार राति १२ बजेदेखि लागू हुने गरी तेस्रो वर्ग (काठमाडौं, पोखरा र दिपायल)का लागि इन्धनको मूल्य घटाइएको हो।

काठमाडौंको पेट्रोलको नयाँ मूल्य १७०, डिजेल र मट्टितेलको १५० रुपैयाँ पर्ने छ।

दोस्रो वर्ग (सुर्खेत र दाङ) का लागि प्रतिलिटर ६ रुपैयाँ र पहिलो वर्ग (चारआली, विराटनगर,वीरगन्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) का लागि प्रतिलिटर साढे ७ रुपैयाँ घटेको छ।

एलपी ग्यासको मूल्य यथावत राखेको निगमले हवाइ इन्धनको भाउ आन्तरिक तर्फ प्रतिलिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ११५ अमेरिकी डलरले घटाएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५